२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

जनप्रतिनिधि सिलवालद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

५ जेठ, जुगल सिन्धुपाल्चोक । नेकपा एमाले बागमती प्रदेश संगठन कमिटी सदस्य तथा जुगल-४ का स्थानीय जनप्रतिनिधि जेपी सिलवालले विद्यार्थीका लागि कपी र झोला वितरण गरेका छन् ।

सिलवालले जेठ ४ गते श्री डल्ले पोखरी आधारभूत विद्यालयमा अध्ययन गर्ने करिब ८० जना विद्यार्थीहरुलाई जनप्रतिनिधि बापत पाएको भत्ताले कपी र झोला वितरण गरेका हुन् । उनले किताब, कपी, शैक्षिक सामग्री आदि बोकेर घर/विद्यालय आउजाउ गर्न विद्यार्थीहरुलाई कठिन भएको भन्दै साे सामान वितरण गरेका हुन् ।

उनले भने, ‘मैले जनप्रतिनिधि बापत पाएको भत्ताले नै सहयोग गरेको हुँ, यसैगरी क्रमशः अन्य विद्यालयमा वितरण गर्छु ।’ साथै, उनले सकेको सहयोग गर्ने प्रतिबद्ध व्यक्त गरेका छन् ।

अरु गफ मात्र गर्छ्न्, म काममा बढी ध्यान दिन्छु, अत: जनताको सेवा गर्न भनेर जनताले चुनेर पठाएपछि जनताहरुको सेवा गर्नु मेरो पहिलो उदेश्य हो’ सिलवालले भने।

स्थानीय समाजसेवि कृष्ण बहादुर श्रेष्ठ भन्छ्न “यसरी आफ्नै खर्चमा जनप्रतिनिधिबाट पहिलो पटक शैक्षिक सामाग्री वितरण भएको हो, यसले विद्यार्थीहरुलाइ सहज भएको छ ।अरु जनप्रतिनिधिहरु निर्वाचन जितेर गएपछि अहिलेसम्म गाउँ फर्केका छैनन् । उहाँ आउनुभयो धेरै खुशी लाग्यो।”

विद्यालयका प्रअ बिर्ख श्रेष्ठ निकै हर्षित मुडमा देखिए । उनले भने, विद्यार्थीहरुले किताब कपी हातमा च्यापेर आउदा धेरै बिजोग भएको थियो, अब समस्या समाधान भयो, यसको लागि उहाँको जति प्रशंसा गरे नि कम हुन्छ। उहाँलाई हामी हृदयको कुनादेखी धन्यवाद दिन चाहन्छौ ।”

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार १०:४७