८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

सिटी होटेलको आईपीओ बाँडफाँडः कतिले पाए सेयर ? यसरी हेर्नुहाेस् नतिजा

५ जेठ, काठमाडाैं । सिटी होटेल लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएकाे छ । कम्पनीले वैशाख २५ गतेदेखि वैशाख २८ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेकाे आईपीओ शुक्रबार बिहान बाँडफाँड भएको हो ।

कम्पनीको आईपीओमा १० लाख ९२ हजार ६६७ आवेदकबाट कुल १ करोड १८ लाख ९५ हजार ३७०० कित्ता सेयर माग भएको थियाे। जसमा १० लाख ८७ हजार ६७५ आवेदकबाट परेको १ करोड १८ लाख ३३ हजार ७१० कित्ता सदर भएको छ भने ४ हजार ९९२ आवेदकबाट परेको ६१ हजार ६६० कित्ता बदर भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण कम्पनीकाे आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी १ लाख ३५ हजार ५९४ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्।भने ९ लाख ५२ हजार ८१ आवेदकको हात खाली भएको छ।

आईपीओको नातिजा विभिन्न ३ तरिकाबाट हेर्न सकिने छ ।  जस अनुसार बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेबसाइट https://www.globalimecapital.com/, सिडीएससीको मेरोसेयरको  वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट  हेर्न सकिने छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार ०९:३४