नेप्सेमा उच्च अंकको वृद्धि, दुई कम्पनीको सेयर मूल्यमा सर्किट
४ जेठ, काठमाडाैं । साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार सेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.३० अकंले बढेर १८७७.३२ बिन्दुमा बन्द भएको छ । आज २६४ कम्पनीको ४४ लाख २२ हजार १८६ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ४७ करोड ४७ लाख ६५ हजार ३८८ रुपैयाँको कारोबार भएको छ ।
आज कारोबार भएका २०४ कम्पनीको सेयर मूल्य बढेको छ । ११ कम्पनीको सेयरमूल्य घटेको छ भने ४ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । यस दिन हिमालयन उर्जा विकास र आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा सर्किट लागेको छ । आज एनआईबीएल ग्रोथ फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ ।
प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहीबार १५:२३












