२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्: प्रधानमन्त्री प्रचण्ड

४ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेको बताएका छन् । प्रधानमन्त्री भएको छ महिनापछि आज प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएका हुन् । प्रचण्डले प्रतिनिधिसभामा सांसद पदम गिरीको प्रश्नको जवाफ दिँदै भूकम्प, कोरोनाको प्रभाव र अन्तर्राष्ट्रिय आर्थिक मन्दीका कारण समग्र विश्वमा मागमा ह्रास आएको बताए ।

अर्थतन्त्रमा देखिएका चुनौतीहरुलाई सम्बोधन गर्न वित्तीय, मौद्रिक र क्षेत्रगत नीति तथा कार्यक्रममा सुधार गरी समष्टिगत आर्थिक स्थायीत्व कायम गर्न सरकार प्रयत्नशील रहेको प्रधानमन्त्रीको भनाइ छ ।

उनले भने तरलताको संकुचनहुनुको साथै घट्दो दरमा राजस्व परिचालन भएको र पुँजीगत खर्चमा सुधार हुन नसकेको अवस्था छ । अर्थतन्त्रका चुनौती सम्बोधन गर्न वित्तीय मौद्रिकर क्षेत्रगत नीति तथा कार्यक्रमहरुमाआवश्यक सुधार गरी समष्टिगत आर्थिक स्थायित्व कायम गर्न सरकार प्रयत्नशील रहेको छ, विदेशी लगानीलाई प्राथमिकता दिँदै सरकार र निजी क्षेत्रको साझेदारीमा उत्पादन र उत्पादकत्व अभिवृद्धि गरी रोजगारी सिर्जना गर्ने कार्यक्रमहरु सरकारको प्राथमिकतामा रहेका छन् ।’

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहीबार १४:२८