१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026
http://kk5.io/NADA2026

प्रधानमन्त्रीलाई सांसद इश्वरीदेवीको प्रश्न : मल कारखाना खोल्ने विषयमा सरकारको नीति के छ ?

४ जेठ, काठमाडौँ । नेपाली कांग्रेसकी सांसद इश्वरीदेवी न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मल कारखाना खोल्ने विषयमा सरकारको नीति के छ भन्दै प्रश्न गरेकी छन् । न्यौपानेकाे प्रश्नकाे जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले नेपालमै रासायिनक मल उत्पादन गर्ने सम्बन्धमा सम्भाव्यता अध्ययन कार्य भइरहेको बताए ।

उनले भने, ‘नेपालमा रासायिनक मल उत्पादन गर्ने सम्बन्धमा नेपाल लगानी बोर्डमा प्राप्त भएको विभिन्न प्रस्तावहरुको सम्भाव्यता अध्ययन भइरहेको छ’। उनले भने, ‘अध्ययनका आधारमा मल कारखाना स्थापना गर्ने कार्यलाई उच्च प्राथमिकता दिई अगाडि बढाइने छ ।’

प्रकाशित मिति : May 18, 2023 at 1:37 pm