१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

अभियान लघुवित्त नाेक्सानमा, प्रतिसेयर आम्दानी पनि ॠणात्मक

४ जेठ, काठमाडाैं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

कम्पनीले सार्वजनिक गरेकाे वित्तीय विवरण अनुसार तेस्रो त्रैमासमा संस्था १ करोड २१ लाख ८० हजार रुपैयाँ नोक्सानमा रहेकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १ करोड २ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यो अवधिमा संस्थाले १२ करोड ४२ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा १ करोड १९ लाख रुपैयाँ रहेको थियो।

तेस्रो त्रैमाससम्ममा संस्थाकाे खुद ब्याज आम्दानी १८.२६ प्रतिशतले घटेर ३ करोड २८ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ४ कराेड २ लाख २९ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेकाे थियाे ।

संस्थाकाे चुक्ता पुँजी ६६.५६ प्रतिशतले बढेर २५ करोड ४० लाख रूपैयाँ पुगेकाे छ । भने संस्थाकाे जगेडा काेषमा २ करोड १९ लाख ७२ हजार रूपैयाँ सञ्चित रहेकाे छ ।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ६ रूपैयाँ ४९ पैसा ॠणात्मक रहेकाे छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ९२ पैसा रहेको थियो। संस्थाको प्रतिसेयर नेटवर्थ १०८.७८ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहीबार ११:४९