८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

साल्ट ट्रेडिङको नाफामा उछाल, प्रतिसेयर आम्दानी कति ?

४ जेठ, काठमाडाैं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। तेस्रो त्रैमाससम्म कम्पनीले ३ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । जुन गत वर्षको यही अवधिको तुलनामा १९३.९५ प्रतिशतले बढी हो। गत वर्षको साेही अवधिमा कम्पनीले १ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा कम्पनीले वस्तु बिक्री १७.४४ प्रतिशतले बढेर ५ अर्ब ७७ करोड रुपैयाँ पुगेकाे छ। गत बर्ष कम्पनीले वस्तु बिक्रीबाट ४ करोड ९१ लाख रुपैयाँ आम्दानी गरेकाे थियाे ।

सेयरपुँजी २५ लाख ३५ हजार रुपैयाँ रहेको कम्पनीको जगेडाको आकार ०.१८ प्रतिशतले बढेर १ अर्ब ३५ करोड रुपैयाँमा पुगेको छ। याे अवधिमा कम्पनीकाे प्रतिसेयर आम्दानी (ईपीएस) २९.२८ रुपैयाँ रहेकाे छ भने प्रतिसेयर नेटवर्थ ४४४.१४ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहीबार ०९:४८