२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

आज कुन फलफूल तथा तरकारीको मूल्य कति छ ?


४ जेठ, काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले (बिहीबार)का लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । आज नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्युनतम ५० रुपैयाँ, रातो आलु ३५ रुपैयाँ, सेतो आलु २७ रुपैयाँ,स्थानीय काउली ६० रुपैयाँ, कागती १८० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ६०, तने बोडी ३०, राजमा घिउ सिमी ११०, लोकल सिमी ७०, भटमासकोशा १००, तिते करेला ४०,लौका ४०,परवल ९०,पाकेको फर्सी ४०, घिरौंला ५०,भिण्डी ६०,स्कूस ४०, कन्यच्याउ १०० रुपैयाँ, डल्ले च्याउ २८०, बन्दा कुरीलो ३००,ब्रोकाउली ८० रुपैयाँ प्रतिकेजीमा बिक्री भैरहेको छ ।

चमसूरको साग,११०,पालुंगो साग ११०, मेथिको साग११०, तोरीको साग ४० हरियो प्याज ८०, रायो साग ४०, धनियाँ ६० रुपैयाँ प्रतिकेजी तोकिएको छ । त्यस्तै, कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी ३२० रुपैयाँ, हरियो अंगुर २०० रुपैयाँ, तरबुजा ४०,मौसम १५०,अनार २५०, केरा दर्जनको १४०, फूजी स्याउ २५०, आभोकाडो ४०० र मेवा नेपाली ६० रुपैयाँ तोकिएको कालीमाटी फलफूल बजार विकास समितिले उल्लेख गरको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहीबार ०९:२९