दोहोरो अंकले बढ्याे सेयर बजार, आत्मनिर्भर लघुवित्तको सेयरमा सर्किट
३ जेठ, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार पनि सेयर बजारमा हरियाली छाएकाे छ । अघिल्लाे काराेबारकाे दिन मंगलबार झिनाे अंकले बढेकाे बजार आज भने दाेहाेराे अंकले बढ्न पुगेकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.३९ अकंले घटेर १८४५.०१ बिन्दुमा बन्द भएको छ । आज २६६ कम्पनीको २५ लाख ७७ हजार २१० कित्ता सेयर किनबेच हुदाँ ८५ करोड ७६ लाख २४ हजार ३१८ रुपैयाँको कारोबार भएको छ ।
आज कारोबार भएका १८७ कम्पनीको स्येरमूल्य बढेको छ । २५ कम्पनीको सेयरमूल्य घटेको छ भने ७ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन माई खोला हाइड्रोपावरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । आज शिवम् सिमेन्ट्सको सर्वाधिक काराेबार भएकाे छ ।
प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार १५:१७












