प्रभु लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब बोनस र नगद कति ?
३ जेठ, काठमाडाैं ।प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश संशोधन गरेको छ।
नेपाल बीमा प्राधिकरणको निर्देशनमा कम्पनीले उक्त आर्थिक वर्षकाे लागि प्रस्ताव गरेको लाभांशमा संशोधन गरेको हाे । कम्पनीकाे वैशाख २५ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १०.५२६ प्रतिशत बोनस सेयर तथा सोको कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरी स्वीकृतीका लागि नेपाल बीमा प्राधिकरणमा पठाएको थियो।
बीमा प्राधिकरणले कम्पनीको वित्तीय विवरण ससर्त स्वीकृत गर्दै लाभांशमा संशोधन गर्न निर्देशन दिएकाे थियाे । प्राधिकरणकाे निर्देशनबमोजिम कम्पनीको आज जेठ ३ गते बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको ९.८ प्रतिशत बोनस सेयर र प्रयोजनार्थ ०.५१५८ प्रतिशत नगद लाभांश गरी कुल १०.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।
प्रकाशित मिति : May 17, 2023 at 10:51 am









