२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

अष्ट्रेलियाका सहायक विदेश मन्त्री वाट्स र प्रधानमन्त्रीबीच भेटवार्ता

३ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग नेपाल भ्रमणमा रहेका अष्ट्रेलियाका सहायक विदेश मन्त्री टिम वाट्सले भेटवार्ता गरेका छन् । बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा अष्ट्रेलियाका सहायक विदेश मन्त्री टिम वाट्स र प्रधानमन्त्रीदाहालबीच द्विपक्षीयहितका विवि धविषयमा कुराकानी भएको प्रधानमन्त्री कार्यालयले जानकारी गराएको छ ।

भेटमा नेपालको आर्थिक समृद्धिमा कृषि क्षेत्रको व्यवसायीकरण र कृषिमा आधारित उद्योगहरुको विकास र पर्यटन क्षेत्रको प्रवद्र्धनमा सहयोगकाबारेमा छलफल भएको छ । प्रधानमन्त्रीले नेपालको विकास र समृद्धिमा अष्ट्रेलियन सरकार र जनताको सहयोगको निरन्तरताको अपेक्षा व्यक्त गर्दै अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुको अवस्था र समस्याहरुका बारेमा चासो राखेको बताईएको छ ।

पधानमन्त्री प्रचण्डले भेटका क्रममा अष्ट्रेलियाका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। त्यस्तै,सहायक विदेश मन्त्री वाट्सले नेपालको विकास र समृद्धिको अभियानमा अष्ट्रेलियन सरकार र जनताको सहयोग निरन्तर रहने बताएका छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार १०:४२