१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

आज कुन फलफूल तथा तरकारीको मूल्य कति छ ?

३ जेठ, काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधवारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ। आज नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्युनतम ५० रुपैयाँ, रातो आलु ३४ रुपैयाँ, सेतो आलु २६ रुपैयाँ, स्थानीयकाउली ५० रुपैयाँ, कागती २०० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ६०, तने बोडी ४०, राजमा घिउ सिमी १००, लोकल सिमी ७०, भटमासकोशा १००, तिते करेला ५०,लौका ५०,परवल ९०,पाकेको फर्सी ४५, घिरौंला ५०,भिण्डी ५०,स्कूस ४०,कन्यच्याउ १०० रुपैयाँ, डल्ले च्याउ २५०, बन्दा कुरीलो ३००,ब्रोकाउली १०० रुपैयाँ प्रतिकेजीमा बिक्री भैरहेको छ ।

हिजोको तुलनामा चमसूर,पालुंगो र मेथिको सागको मूल्य प्रतिकेजी २० रुपैयाँले वृद्धि भएको छ । चमसूरको साग,११०,पालुंगो साग ११०, मेथिको साग ११०, तोरीको साग ४० हरियो प्याज ९०, रायो साग ४०, धनियाँ ६० रुपैयाँ प्रतिकेजी तोकिएको छ । त्यस्तै, कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी ३२० रुपैयाँ, हरियो अंगुर २०० रुपैयाँ, तरबुजा ४०,मौसम १५०,अनार २५०, केरा दर्जनको १४०, फूजी स्याउ २५०, आभोकाडो ४५० र मेवा नेपाली ६० रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : May 17, 2023 at 9:58 am