१३० रुपैयाँमा प्राइम कमर्सियल बैंकको सेयर बिक्रीमा, सर्वसाधारणले पनि खरिद गर्न पाउने
३ जेठ, काठमाडाैं । प्राइम कमर्सियल बैंकले केही संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ । बैंकले संस्थापक सेयरधनीकाे नाममा रहेकाे ३ लाख ५१ हजार ८१७ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएकाे हाे । लिलामीमा राखिएको उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १३० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
बिक्रीमा राखिएकाे उक्त संस्थापक सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूका साथै सर्वसाधारण अन्य योग्य व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्।
लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि जेठ १७ गतेसम्म आवेदन दिन सक्नेछन्। लगानीकर्ताले काठमाडाैंकाे नक्सालस्थित सानिमा क्यापिटलको कार्यालयमा आवेदन दिन सक्नेछन् ।
प्रकाशित मिति : May 17, 2023 at 9:24 am









