२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

प्रधानमन्त्री प्रचण्डले बोलाए १० दलको बैठक

२ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ १० दलको बैठक बोलाएका छन् । प्रधानमन्त्रीले दिउँसो साढे २ बजेलाई सिंहरबारमा बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द आचार्यले जानकारी दिए।

छलफलमा प्रधानमन्त्रीले आगामी नीति तथा कार्यक्रमका विषयमा सुझाव माग्ने  आचार्यले बताए । साथै छलफलमा आएका सबै सुझाव नीति तथा कार्यक्रममा समेट्ने तयारी गरिएको आचार्यको भनाइ छ । सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलवार १२:१३