२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

शरणार्थी प्रकरणमा संलग्नलाई जोगाउने षड्यन्त्र भए इतिहासले माफी दिने छैन : भीम रावल

२ जेठ, काठमाडाैं । नेकपा एमालेका नेता डा. भीम रावलले नक्कली भुटानी शरणार्थी प्रकरणको अपराधमा संलग्नहरूलाई जोगाउन उच्च राजनीतिक तहबाट षड्यन्त्र भए इतिहासले माफी नदिने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै रावलले उच्च तहबाट षड्यन्त्र भइरहेको समाचार आएका जनाएका छन् ।

उनले लेखेका छन्, ‘नक्कली भुटानी शरणार्थी बनाउने अपराधमा संलग्नहरूलाई जोगाउन उच्च राजनीतिक तहबाट षड्यन्त्र भइरहेको समाचार छ । राजनीतिक वा प्रशासनिक तहको व्यक्तिले त्यसो गरेमा देश र जनताप्रति गद्दारी, शहीदको रगतको अपमान, संविधान, कानून र शासन प्रणाली मिच्ने आपराधिक कर्म हुनेछ । इतिहासले माफी दिने छैन ।’ शरणार्थी प्रकरणमा हालसम्म पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण लगायत १३ जना पक्राउ परेका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलवार ०९:५७