२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

३६५ रुपैयाँमा एनआईसी एसिया बैंकको सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

२ जेठ, काठमाडाैं । एनआईसी एसिया बैंकले केही संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ । बैंकले आज जेठ २ गतेबाट संस्थापक सेयरधनीकाे नाममा रहेकाे ३ लाख ४५ हजार ६८० कित्ता सेयर बिक्रिका ल्याएकाे हाे । बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३६५ रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्यमा बोलकबोल गर्नुपर्नेछ।

बिक्रीमा राखिएकाे उक्त सेयरमा संस्थाका विद्यमान संस्थापक सेयरधनी,अन्य सर्वसाधारण तथा जोकोही योग्य व्यक्ति, कम्पनी, संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र अधिकतममा १० ले भाग जाने संख्यामा वा अधिकतममा सम्पूर्ण कित्ताका लागि जेठ ९ गतेसम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले काठमाडाैंकाे लाजिम्पाटस्थित धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलमा आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलवार ०९:२८