२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

नक्कली शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री खाँणको बयान आज पनि


२ जेठ, काठमाडौं । पूर्वगृहमन्त्री एवम् नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाँणको बयान आज पनि हुने भएको छ । सोमबार सरकारी वकिलको कार्यालयमा बयानका लागि उपस्थित गराइएका खाँणको बयान नसकिएपछि आज पनि निरन्तर हुने भएको हो ।

बयानका क्रममा नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा खाँणको संलग्नताबारे दर्जनौँ सवालजवाफ भएका थिए ।बुधबार पक्राउ परेका खाँणमाथि आइतवार मात्रै ४ दिन म्याद थप भएर प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलवार ०७:५४