२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

१ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीमाथि अनुसन्धान गर्नका लागि अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिएकाे छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

२० वैशाखमा पक्राउ पुर्जी जारी भएका रायमाझीलाई प्रहरीले आइतबार साँझ काठमाडौंको बुढानीलकण्ठ क्षेत्रको एक घरबाट पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार १६:१९