२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

भारतले नेपालका पूर्वराजलाई बोलाएर स्वागत गर्नु शंकास्पदः सांसद पन्त

१ जेठ, काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले भारतको दबाबमुलक कूटनीतिमा नेपाल पर्न नहुनेभन्दै संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमवार प्रतिनिधिसभाको बैठकमा उनले भारतले नेपालमाथि ‘प्रेसर डिम्पलोमेसी’को नीतिअख्तियार गरेको आरोप लगाए । सांसद पन्तले नेपाली जनताले हटाएका पूर्वराजालाई बोलाएर स्वागत गरेको भन्दै त्यसतर्फ सरकारले सोच्नुपर्ने बताए ।

उनले भने ‘हाम्रो प्रधानमन्त्री भारत जान्छु भन्नुहुन्छ ।भारत भ्रमण सरेको सर्यै छ । फेरि कहिले हुने हो थाहा छैन । तर नेपालको प्रधानमन्त्रीलाई भारत आउन नदिएर पर्खाइराख्दा खेरि पूर्व राजालाई उत्तर प्रदेशमा स्वागत गरिएको छ,प्रेसर डिप्लोमेसी । यो विश्व कूटनीतिमा चलनचल्तीमा रहेको छ । के मेरो एजेण्डा गर्छौ ? तिमीले बोकेर आउने एजेण्डामा त्यो विषय कार्यसूचीमा पर्छ कि पर्दैन ?अनि मात्र भारतमा तिमीलाई स्वागत गर्छु भनेर त्यसको सट्टा दबाबदिन राजालाई भारत बोलाइयो ।’ उनले मुलुकको परराष्ट्र नीति सन्तुलित हुनुपर्ने बताए ।

प्रकाशित मिति : May 15, 2023 at 3:27 pm