२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

प्रधानमन्त्रीको प्रतिबद्धताः भ्रष्टाचारीलाई कारबाही गर्न खुट्टा कमाउँदैनौं

१ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, भ्रष्टाचारीलाई कारवाही गर्न खुट्टा नकमाउने प्रतिवद्धता दोहोर्याएका छन् ।काठमाडौंमा नेपाल राष्ट्र बैंक, नेपाल राष्ट्रिय कर्मचारी संगठनद्वारा आयोजित अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यदिशा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकार भ्रष्टाचारविरुद्ध गम्भीर भएर लागेको बताए ।

उनले भने, ‘भ्रष्टाचारीहरूलाई कुनै पनि बहानामा बचाउने काम नगरियोस्, सरकारले खुट्टा नकमाओस् भनेर जुन खबरदारी गर्नुभएको छ, त्यसप्रति पनि हामी पूर्ण सजग रहेका छौं ।’

उनले भ्रष्टाचार विरुद्ध भइहरेका प्रर्दशनले आफूलाई ठुलो उर्जा मिलेको दाबी गरे । उनले भने ‘यो कुरा पछिल्ला केही कारबाहीबाट प्रष्ट भएको छ । भ्रष्टाचारीहरूलाई कारबाही गर्ने दिशामा सरकारले चालेको कदमप्रति आम जनताले विभिन्न माध्यमबाट समर्थन र ऐक्यवद्धता जनाउनुभएकोमा म सरकारको तर्फबाट सबैमा हार्दिक आभार प्रकट गर्न चाहन्छु ।’

आफू नेतृत्वको सरकारले क्रमैसँग राम्रा काम गर्दै गएको उनको दाबी छ । ‘सुशासन, समृद्धि तथा समाजिक न्याय लक्षित विभिन्न नीति र कार्यक्रमहरू कार्यान्वयन गरिएका छन् । सार्वजनिक सेवा प्रवाह हुने ठाउँमा लामो लाइन बस्नुपर्ने र विचौलियाहरूबाट ठगिनुपर्ने अवस्थामा सुधार भएको छ ।’ उनले भने, ‘ विद्यालयहरुमा समयमै पुस्तक पुगेको छ । किसानहरूले बेलैमा मल पाउने गरी मलको आपूर्ति सुनिश्चित हुँदैछ ।’

प्रकाशित मिति : May 15, 2023 at 3:04 pm