२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

गलत टेप सार्वजनिक गरेर मेरो चरित्र हत्या गरियोः आरजु राणा

१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो बारे भ्रम फैल्याउने गलत टेप सार्वजनिक गरेर आफ्नो चरित्र हत्या भएको बताएकी छिन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा उनले टेपको सत्य तथ्य उजागर गर्न र यस प्रकरणमा संलग्न दोषी को को हो भन्ने चाँडो प्रष्ट पार्न माग गरेकी छिन् । उनले भनिन् ‘हाम्रो देशमा गलत समाचारको परकाष्टा पुगेको रहेछ, मेरो चरित्रमाथि बलात्कार भएको छ,महिलालाई राजनीतिमा आउदा पहिला पनि धेरैलाई आत्महत्या गर्न बाध्य बनाएको छ मिडियाले, म अन्यायमा पर्ने महिला होईन् यो मेरो चरित्रमाथि बलात्कार हो । टेपको सत्य तथ्य उजागर गरोस् जतिजनाको नाम आएको छ । दोषीहो होईन प्रष्ट आउनुपर्छ ।’

सांसद राणाले यो काण्ड देशको सबैभन्दा लज्जासपद् विषयभएको टिप्पणी पनि गरिन् । भुटानी शरणार्थी प्रकरणको टेपको अडियो आफ्नो नभएको जिकिर गर्दै उनले सत्य उजागर गर्न आग्रह गरिन् ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार १४:४९