७ असार २०८३, आइतबार | Sun Jun 21 2026

२६.४९ प्रतिशतले बढ्यो राष्ट्रिय बीमा कम्पनीको नाफा, प्रतिसेयर आम्दानी कति ?

१ जेठ, काठमाडाैं । राष्ट्रिय बीमा कम्पनी लिमिटेड चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।तेस्रो त्रैमाससम्म कम्पनीले ३१ करोड ४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। याे नाफा गत आर्थिक वर्षको साेही अवधिकाे तुलनामा २६.४९ प्रतिशतले बढी हाे ।  गत वर्षकाे यही अवधिसम्म कम्पनीले २४ करोड ५३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यो अवधिसम्म कम्पनीको खुद दाबी भुक्तानी ६०.६९ प्रतिशतले बढेर ५ करोड २१ लाख रुपैयाँ पुगेको छ। गत वर्षकाे यही अवधिसम्म कम्पनीले ३ करोड २४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो।

तेस्रो त्रैमाससम्म कम्पनीले ६८ करोड ६४ लाख रुपैयाँ खुद नाफा काएकाे छ। यो नाफा गत वर्षको साेही अवधिको तुलनामा १००.३१ प्रतिशतले बढी हो। गत वर्षकाे यही अवधिमा कम्पनीले ३४ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आयबापत १७ करोड १८ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्ममा लगानी कर्जा तथा अन्यबाट हुने आय १२ करोड २९ लाख रुपैयाँमा सीमित थियो।

याे अवधिमा कम्पनीकाे व्यवस्थापन खर्च घटेर ११ करोड ३३ लाख रुपैयाँमा सिमित रहेकाे छ । गत वर्षकाे यही अधिवसम्म कम्पनीको व्यवस्थापन खर्च १२ करोड ८८ लाख रुपैयाँ रहेको थियाे । याे अवधिमा कम्पनीको बीमा कोषको आकार १५.७१ प्रतिशतले बढेर ३ अर्ब १ करोड रुपैयाँको भएको छ।

समीक्षा अवधिसम्म कम्पनीको जगेडा तथा कोषको आकार १२.३१ प्रतिशतले बढेर ३ अर्ब ७२ करोड रुपैयाँ पुगेकाे छ । कम्पनीको  प्रतिसेयर आम्दानी (ईपीएस) ३४३.२५ रुपैयाँ रहेकाे छ भने पीई रेसियो ४८.७८ गुणा र प्रतिसेयर नेटवर्थ १४९८.३२ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : May 15, 2023 at 1:45 pm