२५ बैशाख २०८१, मंगलवार | Tue May 7 2024

बैकिङ कसुरमा फरार गोले पक्राउ


१ जेठ, काठमाडाैं । उच्च अदालत पाटनबाट बैकिङ् कसुरमा दोषी ठहर भई फरार भएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गजुरा २ रौतहट घर भएका हाल भक्तपुर ठिमी बस्दै आईरहेका ३२ बर्षीय उत्तरमान गोले रहेका छन् ।

बैंकिङ कसुर मुद्दामा ४ लाख ६० हजार जरिवाना र २ दिन कैद सजाय तोकीएपछि फरार रहेका गोलेलाई प्रहरीले लोकन्थलिबाट पक्राउ गरेको हो । पक्राउपछि उनलाई जिल्ला अदालतमा पेश गरिएको कुरा प्रहरीले बताएका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार १२:५१