नेप्सेमा एक कम्पनीको आईपीओ सूचिकृत, कति छ ओपनिङ रेञ्ज ?
१ जेठ, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सोमबार एक कम्पनीको आईपीओ सूचिकृत भएको छ । नेप्सेमा माइ खोला हाइड्रोपावरको आईपीओ सूचिकृत भएको हो ।
नेप्सेमा कम्पनीकाे ३९ लाख २१ हजार ५६८ कित्ता साधारण सेयर सूचिकृत भएको हाे । कम्पनीले आयोजना प्रभावित स्थानियका लागि वितरण गरेको १ लाख ९२ हजार १५७ कित्ता, सर्वसाधारणको लागि वितरण गरेको ( सामूहिक लगानी कोष र वैदेशिक रोजगारीमा रहेका नेपाली र कर्मचारी समेत ) लाई १५ लाख २९ हजार ४११ कित्ता र संस्थापकहरूले लगानी गरेको २० लाख कित्ता सेयर हेकाे छ ।
नेप्सेले आईपीओलाई पहिलो कारोबारका लागि १११ रूपैयाँ ६७ पैसादेखि अधिकतम ३३५ रुपैंया ०१ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेकाे छ । कम्पनीलाई नेप्सेले काराेबारकाे लागि ‘एमकेएचएल’ कारोबार संकेत प्रदान गरेको छ। सूचिकृत पश्चात उक्त सेयर अब भोली मंगलबारदेखि धितोपत्र दोस्रो बजारमा कारोबार हुनेछ ।
प्रकाशित मिति : 12:46









