२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

नक्कली शरणार्थी प्रकरणका दोषीलाई देशद्रोहको मुद्दा चलाउनुपर्छ : विष्णु रिजाल

१ जेठ, काठमाडाैं । नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले शरणार्थी प्रकरणका दोषीमाथि देशद्रोहको मुद्दा चलाउनुपर्ने बताएका छन् । आफ्नो देशका नागरिकहरूलाई जानाजान ठगेर देशलाई अन्तर्राष्ट्रिय रूपमा बदनाम गर्नेहरूमाथि देशद्रोहको मुद्दा चलाउनुपर्ने उनले बताएका हुन् ।

साेमबार सामाजिक सञ्जालमार्फत उनले भनेका छन्ः ‘नक्कली शरणार्थी प्रकरण ठगी, मानव बेचबिखन, संगठित अपराध र भ्रष्टाचार त हुँदै हो । खासमा देशद्रोह हो । नागरिकलाई जानाजान ठग्ने अनि देशलाई अन्तर्राष्ट्रिय रुपमा बद्नाम गर्नेहरुमाथि देशद्रोहको मुद्दा चलाउनुपर्छ । उप प्रधानमन्त्री, गृहमन्त्री, गृह सचिव– जोसुकै होऊन, कानुनको नजरबाट बराबर साबित गर्नुपर्छ ।’

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार १२:३४