२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता

१ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ। सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको अध्यक्ष तिमिल्सिनाका प्रेस संयोजक दुर्गा शर्माले जानकारी दिए ।

उनले भने ‘ हिजै साँझ भेट्ने भन्ने तयारी थियो । हिजो समय नमिलेपछि आज विहानै भेटवार्ता भएको हो । भेटमा संसद्को चालू बजेट अधिवेशनलाई प्रभावकारी बनाउने भन्ने विषयमा कुराकानी भयो । ’ भेटमा सरकारको नीति तथा कार्यक्रम पेश गर्न संसद्को संयुक्त बैठक कहिले बस्ने तथा यो अधिवेशन प्रभावकारी बनाउन आवश्यक प्रयासबारे छलफल भएको बताइएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार १०:३०