११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

क्यान्सरका लागि भनेर चुरोटमा लगाइएको करको सदुपयोग गर्न डा.झाको आग्रह

३१ वैशाख, काठमाडौं । नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष तथा क्यान्सर रोग विशेषज्ञ डा. अञ्जनीकुमार झाले प्रत्येक वर्ष पेटस्क्यानका लागि भनेर ४० करोड छुट्याउने तर अहिलेसम्म पेटस्क्यान उपकरण ल्याउन नसकेको गुनासो गरेका छन् ।

शनिवार काठमाडौंमा आयोजित धुम्रपान तथा सुर्तीजन्य पदार्थको उपयोगबाट उत्पन्न रोगथाम, नियन्त्रण, निदान र उपचार सम्बन्धि अन्र्तक्रिया कार्यक्रममा डा. झाले क्यानसर पत्ता लगाउँने उपकरणहरु नेपालमा नै भएता पनि पेटस्क्यानको अभावले विदेश जानुपर्ने बाध्यता रहेको बताए । उनले भने ‘क्यान्सर पत्ता लगाउँने उपकरणहरु नेपालमा काठमाडौंमा उपलब्ध छ तर पेटस्क्यान छैन् ।

वर्ष पिच्छे ३५ ४० करोड बजेट राखिन्छ तर नेपालमा पेटस्क्यान आउँदैन् । पत्रकार मित्रहरुलाई यतातिर ध्यानाकर्षण गराउँन चाहन्छु कि पेटस्क्यान नेपालमा कस्को कारणले आएन किन आएन अहिले पनि नेपाली नागरिक पेस्क्यान गर्न भनेर विदेश जानुपरेको छ ।’

उनले सरकारले चुरोटमा कर लगाएर उठाएको पैसा क्यान्सरको लागि खर्च नभएको भन्दै उठेको कर मन्त्रालयमार्फत क्यान्सरमा खर्च गरेमा धेरै विरामीको उपचार गर्न सकिने टिप्पणी गरे ।

उनले भने ‘सरकारले चुरोटमा लगाएको कर क्यान्सरको लागि खर्च गर्नुपर्ने थियो। तर नेतृत्वमा रहेका नेताहरुले कता पुर्याए , स्वास्थ्य मन्त्रालयको कर कोष भन्ने राखिएको थियो, करबाट उठेको रकम क्यान्सरमा खर्च गरेको भए आज धेरै विरामीको उपचार गर्न सकिने थियो ।’
उनले चिकित्सकको उमेर हद ६० बर्ष नभइ ७० वर्ष कायम गर्न पनि सरकारलाई आग्रह गरे ।

प्रकाशित मिति : May 14, 2023 at 7:16 pm