२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि

३१ वैशाख, काठमाडाैं । पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २२३ जनाको पीसीआर परीक्षण गर्दा ६ जना र ६२१ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

याेसँगै कोरोनाको संक्रिय संक्रमितको संख्या १२० पुगेको छ भने संस्थागत आइशोलेशनमा १० जना, आईसीयूमा १ जना र भेन्टिलेटरमा १ जना उपचाररत छन् । आइतबार मात्रै कोरोनाबाट निको भएर १२ जना घर फर्किइसकेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आईतवार १७:३१