२५ बैशाख २०८१, मंगलवार | Tue May 7 2024

कतार पठाईदिन्छु भन्दै ६९ लाख ठगी गर्ने लिम्बु पक्राउ


३१ वैशाख, काठमाडौं । १९ जनालाई वैदेशिक रोजगारीको लागि कतार पठाईदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका वडा नं. ४ घर भईहाल काठमाडौ वडा नं.१० थापागाउँ बस्दै आएका ४९ वर्षका रुद्रबहादुर लिम्बु रहेका छन् ।

उनले वैदेशिक रोजगारीको लागि कतारमा पठाईदिन्छु, भन्दै प्रतिव्यक्ति ७ लाख रुपैयाँ लिएका थिए । उनले कतार पुलिसमा भर्ना गरिदिने र मासिक १ लाख बढी तलव हुने भन्दै विश्वास दिलाएर पीडितहरुबाट पटक पटक गरी ६९ लाख रुपैयाँ लिएको प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आईतवार १७:२७