१६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026

बारामा ६ वर्षीय बालकको अपहरणपछि हत्या

२८ असोज, काठमाडाैँ । बाराको सिम्रौनगढ–३ मा ६ वर्षीय बालकको हत्या भएको छ । प्रहरीका अनुसार ती बालकको अपहरणपछि हत्या भएको हो । स्थानीय धनेश्वर यादवका छोरा दीपक यादवको अपहरणपछि हत्या भएको प्रहरीले जनाएको छ ।

अपहरणकारीले फिरौती वापत १० लाख रुपैयाँ मागेको तर दिन नसकेपछि हत्या भएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय, बाराले घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय सुरेन्द्र कुशवाहा र श्यामसुन्दर बैठा छन् । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : 16:33