१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

नेपाल टेलिकमको नाफा ५ अर्ब ४१ करोड, कुल आय कति ?

३१ वैशाख, काठमाडाैं । नेपाल टेलिकमले चालु आर्थिक वर्षकाे तेस्रो त्रैमाससम्मकाे अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। तेस्रो त्रैमाससम्म कम्पनीले ५ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। याे अघिल्लो वर्षको साेही अवधिसम्मको तुलनामा ०.४३ प्रतिशतले कम हो। अघिल्लो वर्षकाे यही अवधिसम्म कम्पनीको ५ अर्ब ४३ करोड हजार खुद नाफा कमाएकाे थियाे ।

बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब १ अर्ब ७३ करोड ९९ लाखले वृद्धि भएपनि दुरसंचार सेवामा परिवर्तन, केवल व्यवस्थापन जस्ता कुराले टेलिकमको खुद मुनाफामा असर परेको टेलिकमले जनाएको छ।

समीक्षा अवधिमा कम्पनीकाे कुल सञ्चालन आय ३.०९ प्रतिशतले घटेर ८७ करोड २९ लाख रुपैयाँ कायम भएकाे छ । अघिल्लो आर्थिक वर्षको साेही अवधिमा कम्पनीको कुल सञ्चालन आय २८ अर्ब २१ करोड रुपैयाँ रहेको थियाे ।

त्यस्तै टेलिकमको कुल आय २.०६ प्रतिशतले बढेर ३३ अर्ब २० करोड ८५ लाख ६५ हजार रहेको छ। गत आर्थिक वर्षको यस अवधिमा टेलिकमको कुल आय ३२ अर्ब ५३ करोड ६७ लाख २९ हजार थियो।

प्रकाशित मिति : May 14, 2023 at 11:46 am