मोदी ईनर्जीको आईपीओ बाँडफाँडः कति जनाले पाए सेयर ? यसरी हेर्नुहाेस् नतिजा
३१ वैशाख, काठमाडौं । मोदी ईनर्जी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले बैशाख १९ गतेदेखि २४ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको आईपीओ आज बैशाख ३१ गते आइतबार बाँडफाँड गरेको बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएकाे छ ।
कम्पनीको आईपीओमा १२ लाख ३६ हजार २६९ जना आवेदकले १ करोड ३५ लाख ४ हजार ३० कित्ताका लागि आवेदन दिएका थिए । यसमध्ये ६ हजार ५२८ आवेदकको आवेद रद्द भएकाे छ भने १२ लाख २९ हजार ७४१ आवेदकको आवेदन याेग्य भएको थियो । कम्पनीकाे आइपीओमा मागभन्दा बढी आवेद परेका कारण गोलाप्रथाबाट बाँडफाँड भएकाे छ । गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ५ लाख ६१ हजार २२६ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ७२ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको थियो । जसमध्ये २९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँड गरिसकेको छ ।
त्यस्तै, ३ लाख २२ हजार २८० कित्ता सेयर सामूहिक लगानी कोष र १ लाख २८ हजार ९१० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरेको छ । बाँकी ५५ लाख ५९ हजार ४२० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो। कम्पनीकाे आइपीओकाे नतिजा केही समयपछि प्रकाशन हुनेछ । आइपीओकाे आइपीओ नतिजा प्रकाशन भएपछि सिडीएसले आइपीओको लागि संचालन गरेको वेबसाइटः iporesult.cdsc.com.np/, बिक्रि प्रबन्धकको वेबसाइटः https://www.sunrisecapital.com.np/, सिडीएससीको मेरोशेयरको वेबसाइटः meroshare.cdsc.com.np/#/login, कम्पनीको बेवसाइटः https://modihydro.com/ बाट हेर्न सकिनेछ ।
प्रकाशित मिति : ३१ बैशाख २०८०, आईतवार १०:२९












