२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

सरकारले पुरानो भ्रष्टाचारको फाइल खोलेको भनेर भ्रममा नपरौँः रवि लामिछाने

३० वैशाख, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणलाई सरकार संचालनका क्रममा आइपरेको काण्डको संज्ञा दिएका छन् । शनिबार भ्रष्टाचारविरोधी प्रदर्शनमा सहभागी हुन नक्सालस्थित नारायणचौर पुगेका उनले, सरकारले चाहेर यो भ्रष्टाचारको फाइल खोलेको नभई आइपरेको काण्ड भएको टिप्पणी गरेका हुन् ।

संचारकर्मीसंग कुरागर्दै उनले भने, ‘उनले भने लाई आइपरेको काण्ड अहिले हिड्दै गर्दा बाटोमा आइपरेको काण्ड हो । सरकारले पुरानो फाइल खोलेको चै छैन है भ्रममा नपर्नु होला ।’

उनले अहिलेको सरकारले पुरानो भ्रष्टाचारका फाइल खोलेको नभई खोल्छु मात्रै भनेको टिप्पणी गरे । ‘खोल्या छ त ? खोल्छु भन्नु भएको छ । त्यसका लागि खबरदारी गर्न पनि हामी प्रतिपक्षमा बसेका हौं ।’ उनले भने ।

ठूला नेताहरु पक्राउ पर्नु र पार्टीबाट निलम्बनमा पर्नुमा आफूहरुको भूमिका समेत रहेको उनको दाबी छ । उनले राष्ट्रिय स्वतन्त्र पार्टीको उदयका कारण अन्य दलहरु दबावमा परेको उनको भनाई छ ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार १६:४५