२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

शरणार्थी प्रकरणलाई नजिर बन्ने गरि टुङगोमा पुर्याउनु पर्छः सांसद स्वर्णिम वाग्ले

३० वैशाख, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले नक्कली शरणार्थी प्रकरणलाई नजिर बन्ने गरि टुङगोमा पु¥याउर्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंको नक्सालस्थित नारायणचौरमा नागरिक अगुवाहरुले भ्रष्टाचारविरुद्ध गरेको प्रदर्शनमा उनले यस प्रकरणमा दोषी कुनै पनि हालतमा उम्कन नहुने बताए ।

उनले भने‘अहिलेसम्म प्रधानमन्त्री गृहमन्त्री र सरकारले यस्लाई अगाडि बढाउँनुपर्छ भन्ने तर उनीहरु पनि दबाबमा नपरुन । त्यसमा नागरिकले खबरदारी गर्नुपर्छ । काम गर्दा शक्ति पनि दिनुपर्छ त्यसैले नडराउ ख्ट्टा नकमाउ । यो काण्डलाई यसरी टुङगोमा पु¥याउ यो नजिरमा पनि बनोस् ।’दोषी उम्कन हुन्न ।’

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार १६:३८