२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

शरणार्थी प्रकरणको फाइल खोल्दैमा सरकारको सफल हुन्नः सांसद तोसिमा कार्की

३० वैशाख, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले नक्कली शरणार्थी प्रकरणको फाइल खोल्दैमा कार्यकाल सफल भएको मान्न नसकिने बताएकी छिन् ।

शनिबार काठमाडौंको नक्सालमा नागरिक अगुवाहरु मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपविरुद्ध गरिएको बृहत आन्दोलनमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले स्वतन्त्र पार्टीले भ्रष्टाचारको फाइल खोल्नुपर्छ भनेर सडकदेखि सदनसम्म निरन्तर आवाज उठाएर नै अहिले सरकार अगाडि बढेको दाबी गरिन् ।

उनले भनिन् ‘अहिलेको सरकारले काम गरिरहेको छ हामी बाधक भएका छैनौ । यति काममा नै माओवादीको कार्यकाल सफल भएको भनेर जोखिहाल्न सकिँदैन । स्वतन्त्र पार्टीले भ्रष्टाचारको फाइल खोल्नुपर्छ भनेर सडकदेखि सदनसम्म निरन्तर आवाज उठाएर नै आफ्नो विरासत नै ढल्ला भन्ने डरले आज सरकार यो काममा अगाडि बढेको हो त्यो डर सकारात्मक छ ।’

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार १६:११