२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

राष्ट्रपतिदेखि मन्त्रीसम्म सबैको सम्पति छानविन गरौँः बाबुराम भट्टराई

३० वैशाख, काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रपतिदेखि मन्त्रीहरुसम्म सबैको सम्पति छानविन गर्न माग गरेका छन् । शनिबार काठमाडौंको नक्सालमा नागरिक अगुवाले गरेको भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपबिरुद्धको प्रदर्शनमा सहभागी उनले, हाल जिवित रहेका राष्ट्रपतिदेखि, मन्त्रीसम्म सबैको सम्पति छानविनको माग गरेका हुन् ।

सञ्चारकर्मीसंग कुरा गर्दै उनले भने, ‘मन्त्रीहरु जो पञ्चायतकालका जति जिवित हुनुहुन्छ । यताका सबै हामी छौं, राष्ट्रपति सम्म जो विगतमा चै राज्यका पदमा रहनु भयो । एउटा निष्पक्ष संयन्त्र बनाएर छानविन गरोस् ।’ उनले भने ‘कारबाहीका लागि समेत एउटा स्वतन्त्र संयन्त्र बनाउँ ।’

भुटानी शरणार्थी प्रकरणमा सरकारले दरोसँग खुट्टा टेक्नेमा उनको आशंका छ । ‘अहिलेको निर्वाचन प्रणालीले बहुमत हुन पुग्दैन अस्थिर सरकार, त्यसैले आफ्नो सरकार जोगाउनका लागि कार्यकारी प्रमुखले दरोसँग कदम चाल्न सक्दैन । आशंका छ । राज्यको शासकीय स्वरुप र निर्वाचन प्रणालीमा त्रुटी छ ।’ उनले भने ।

नेता भट्टराईले जनताले यसैगरी खबरदारी गरिरहे भ्रष्टाचारीहरु उम्कन नसक्ने बताए । ‘यत्तिकैले सबै हल भै हाल्छ भनेर बुझ्नु त हुँदैन । तर हामीले यसरी नै नागरिकले खबरदारी गरे । हामी जस्ता राज्यका शक्तिका अंगहरुमा रह्यौं । यस्ता लुपहोलहरु अलिकति देख्छौं । हामीले पनि यसमा ऐक्यवद्धता जनायौं भने यसलाई एउटा निष्र्कषमा पु¥याउन सकिन्छ ।’ उनले यो प्रकरणका दोषिलाई कारवाही गर्न सकियो भने नेपालको भ्रष्टाचार न्यूनिकरणमा यो घटना एउटा कोसेढुङ्गा हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार १६:०७