१४ भदौ २०८३, आइतबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

नक्सालमा भ्रष्टाचारविरूद्ध प्रदर्शन, बाबुरामदेखि रविसम्म सडकमा (फोटोफिचर)

३० वैशाख, काठमाडाैँ । नागरिक अगुवाहरुले भ्रष्टाचारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेका छन् । शनिबार काठमाडौंको नक्सालस्थित नारायणचौरमा, भ्रष्टाचारीहरूलाई तत्काल कानुनी दायरामा ल्याइ कारबाही गर्न माग गर्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागिहरुले ‘दाइ भाउजुमात्र होइन, भ्रष्टाचारी भए आमा–बाबुलाई पनि कारबाही गर’, ‘भन्ने छौं हामी बारम्बार भ्रष्टाचारीलाई कारागार’, ‘नेताहरूको घडीको तस्करको ब्याट्री छ’, ‘नेताहरूको भ्रष्टाचार धन्दा छ’, लगायतका नारा लेखिएका प्लेकार्ड प्रर्दशन गरेका छन् ।

प्रदर्शनमा पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, अभियान्ता डाक्टर गोविन्द केसीलगायत नागरिक समाजका अगुवा लगायत सर्वसाधारण सहभागी भएका थिए । कतिपयले भने बालुवाटार जग्गा प्रकरण र सुकुम्बासीका नाममा मातातिर्थको सरकारी जग्गा व्यक्तिलाई बाँडेको अभियोग लागेका भट्टराई दम्पतीको सहभागितामा भने कतिपयले शंका गरेका छन ।

प्रकाशित मिति : May 13, 2023 at 3:26 pm