१४ भदौ २०८३, आइतबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

पहिचानको नाममा निषेधको राजनीति गर्नु हुँदैनः मन्त्री लिम्वु

३० वैशाख, विराटनगर । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्वुले, कोशी प्रदेश नामाकरणको नाममा निषेधको राजनीति नर्गन सुझाव दिएका छन् ।शनिवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै, उनले प्रदेश सभाले नामकरण गरिसकेको अवस्थामा पहिचानवादीले अधिकारप्राप्तिको नाममा निषेधको राजनीति गर्न नहुने बताएका हुन् ।

उनले भने ‘पहिचानवादीले निषेधको राजनीति गर्दै जाने हो भने समस्या झनै बढ्छ । पहिचानको आन्दोलन गरिरहेका साथिहरुलाई म अनुरोध गर्न चाहान्छु हिंसात्मक रुपले आन्दोलन गर्दा झनै समस्या निमत्याउँछ देशलाई अप्ठ्यारोमा पार्छ त्यसैले शान्तिपूर्ण आन्दोलन गर्न अनुरोध गर्दछु ।’
मन्त्री लिम्वुले हिंसाग्रत आन्दोलनले मुलुकको विकासको गतिलाई ठप्प पार्ने भन्दै पहिचानवादी आन्दोलन पक्षले यसतर्फ गम्भिरतापूर्वक सोच्नु पर्नेमा जोड दिए ।

उनले मोरङको बैजनाथपुरमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट मैदानको नाम गिरिजा प्रसाद’ नामकरण गरि पूर्वाधार निर्माण चाँडै सम्पन्न गर्न सङ्घीय सरकारको आगामी नीति तथा कार्यक्रममा बजेटको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित मिति : May 13, 2023 at 2:59 pm