८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

नेप्सेमा सात कम्पनीकाे बाेनस सेयर सूचीकृत, कुनकाे कति ?

२९ वैशाख, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा याे साता विभिन्न सात कम्पनीकाे बाेनस सेयर सूचीकृत भएको छ । नेप्सेमा याे साता आशा लघुवित्त, नेपाल ल्यूब आयल लिमिटेड, ग्लोबल आइएमइ लघुवित्त, ज्योती विकास बैंक, वेष्ट फाइनान्स लिमिटेड, गुराँस लाइफ इन्स्योरेन्स र आदर्श लघुवित्त वित्तिय संस्थाको बाेनस सेयर सूचीकृत भएको हाे ।

१) आशा लघुवित्त वित्तिय संस्था

नेप्सेमा आशा लघुवित्त वित्तिय संस्थाको १४.२८ प्रतिशत बोनस बापतको ७ लाख ७७ हजार २० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

२) नेपाल ल्यूब आयल लिमिटेड

नेप्सेमा नेपाल ल्यूब आयल लिमिटेडको २५ प्रतिशत बानेस बापतको ९७ हजार ५६४ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

३) ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था

नेप्सेमा ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्थाको १२ प्रतिशत बोनस बापतकाे ६ लाख ६३ हजार १०७ दशमलव १९१२ कित्ता बोनस सेयर सूचीकृत भएको छ।

४) ज्योती विकास बैंक

नेप्सेमा ज्योती विकास बैंकको ३ प्रतिशत बोनस बापतकाे  १२ लाख ८० हजार ३ सय २५ दशमलव ९९ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

५) वेष्ट फाइनान्स लिमिटेड

 नेप्सेमा वेष्ट फाइनान्स लिमिटेडले लिलाममार्फत बिक्री गरेको २ लाख ५९ हजार २९ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।

६) गुराँस लाइफ इन्स्योरेन्स

नेप्सेमा गुराँस लाइफ इन्स्योरेन्सको १३.२७ प्रतिशत बोनस बापतकाे २९ लाख ७१ हजार ९३० कित्ता सेयर सूचीकृत भएको हाे ।

७) आदर्श लघुवित्त वित्तिय संस्था

नेप्सेमा आदर्श लघुवित्त वित्तिय संस्थाको २० प्रतिशत बोनस बापतको ४१ हजार ४०० कित्ता  सेयर नेप्सेमा सूचिकृत भएको हो ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार १६:०३