२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

माैद्रिक नीति लचिलाे बनाएका छाैँ, ब्याजदर अझ घट्छः गभर्नर अधिकारी

२९ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको समिक्षाले ब्याजदर थप घट्ने संकेत गरेको बताएका छन् ।

शुक्रबार मौद्रिक नीतिको समिक्षाको कार्यक्रममा बोल्दै गभर्नर महाप्रसाद अधिकारीले  लचिलो नीतिका कारण ब्याजदर थप घट्ने बताएका हुन् । केन्द्रीय बैंकले लिएको लचिलो नीतिले ब्याजदर थप घट्ने र आर्थिक गतिविधि बढ्ने हाम्रो अपेक्षा छ,’ उनले भने, ‘आगामी दिनमा हामीले जारी गर्ने सर्कुलरले सुविधाको विषय थप प्रस्ट पार्नेछ ।’

तेस्रो त्रैमासिक समीक्षामा राष्ट्र बैंकले नीतिगत दरलाई साढे ८.५ प्रतिशतबाट घटाएर साढे ७.५ प्रतिशतमा झारेको छ। उनले भने समीक्षामार्फत बैंक तथा वित्तीय संस्थालाई औचित्य हेरेर कर्जा पुनसंरचना गर्ना छुट दिइएको जानकारी दिए ।

प्रकाशित मिति : May 12, 2023 at 3:29 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/