२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता

२९ वैशाख, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएकाे छ ।  प्रधानमन्त्री प्रचण्डलाई भेट्न शुक्रबार बिहान सभापति लामिछाने बालुवाटार पुगेका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोलेको विषयमा धन्यवाद दिँदै लामिछानेले भ्रष्टाचारका विषयमा छानबिन गर्न प्रचण्डलाई खुट्टा नकमाउन आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पहिलो पटक लामिछानेले प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन् ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार ११:५२