१४ भदौ २०८३, आइतबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

घट्याे आरम्भ चौतारी लघुवित्तकाे नाफा, प्रतिसेयर आम्दानी २.०७ रुपैयाँले ऋणात्मक

२८ वैशाख, काठमाडाैं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

तेस्रो त्रैमाससम्म कम्पनीले ५६ लाख ९१ हजार रुपैयाँ ऋणत्मक अवस्था रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ७ करोड २ लाख ८९ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा कम्पनीमा कम्पनीकाे सञ्चालन मुनाफा ५६ लाख ९१ हजार रुपैयाँ रहेकाे थियाे। गत वर्षकाे यही अवधिसम्म संस्थाको सञ्चालन मुनाफा ७ करोड २ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म कम्पनीकाे खुद ब्याज आम्दानी घटेर १९ करोड ३७ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीकाे खुद ब्याज आम्दानी २६ करोड ८८ लाख रुपैयाँ रहेकाे थियो।

चुक्तापुँजी ३६ करोड ७१ लाख रुपैयाँ रहेको संस्थाले तेस्रो त्रैमाससम्म २ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ८१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको यही अवधिसम्म संस्थाले ३ अर्ब ५३ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ५२ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

यो अवधिसम्म संस्थाको रिजर्भको आकार पनि घटेर १२ करोड १५ लाख रुपैयाँमा खुम्चिएको छ। गत वर्ष यही अवधिसम्म संस्थाको रिजर्भमा १२ करोड ८९ लाख रुपैयाँ रहेको थियो।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २.०७ रुपैयाँले ऋणात्मक र प्रतिसेयर नेटवर्थ १४१.३९ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : May 11, 2023 at 1:08 pm