२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

कांग्रेस पदाधिकारी बैठक बस्दै, खाँणलाई निलम्बन गर्ने कि नगर्ने निर्णय हुने

२८ वैशाख, काठमाडाैं । नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक र पार्टी संगठनका विविध विषयमा छलफल हुने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।

बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले हिरासतमा लिएका पार्टीका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण निलम्बन गर्ने कि नगर्ने बारेमा समेत छलफल हुने बुझिएको छ ।

यस बाहेक पार्टीको आगामी केन्द्रीय समितिको बैठक तथा भातृ र शुभेच्छुक संस्थाका बारेमा समेत छलफल हुने महामन्त्री शर्माले बताए । कांग्रेस पदाधिकारी बैठक बुधबार पनि बसेको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार ११:२७