छुट्ला है ! दुई हजार कित्ता भर्न पाइने आईपीओमा आवेदन दिन आज अन्तिम दिन
२८ वैशाख, काठमाडाैं । सिटी होटल लिमिटेडको आईपीओमा आवेदन दिने आज वैशाख २८ गते अन्तिम दिन रहेको छ। कम्पनीले वैशाख २५ गतेबाट सर्वसाधारणका लागि निष्काशन गरेकाे आईपीओमा आज बैंकिङ समयसम्म मात्र आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।
कम्पनीले जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपियाँको १० % अर्थात १६ करोड ७४ लाख रुपियाँ बराबरको १६ लाख ७४ हजार कित्ता आइपीओ निष्कासन गरेको हो । कूल निष्काशन मध्ये १ लाख ६७ हजार ४ सय कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, ६६ हजार ९ सय ६० कित्ता कर्मचारीहरु र ८३ हजार ७ सय कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।
बाँकी रहेको १३ लाख ५५ हजार ९ सय ४० कित्ता सेयरका लागि सर्वसाधारणहरुले आवेदन दिन सक्नेछन् । धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार हिजो बुधबार साँझ साढे ५ बजेसम्म यो आईपीओमा ७ लाख २४ हजार ६३९ आवेदकबाट कुल ८० लाख ७६ हजार ४०० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ५.९५ गुणा बढी हो।
लगानीकर्ताले उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल मार्केट रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।
प्रकाशित मिति : 09:29









