झिनाे अंकले घट्याे सेयर बजार, कारोबार रकम ५८ करोडमा झर्यो
२७ वैशाख, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार सेयर बजार झिनाे अंकले घटेकाे छ । अघिल्लाे काराेबारकाे दिन दाेहाेराे अंकले बढेकाे बजार बुधबार भाे झिनाे अंकले घटेकाे हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.४३ अकंले घटेर १८४१.९३ बिन्दुमा बन्द भएको छ ।
आज २६५ कम्पनीको १९ लाख ४२ हजार ६२६ कित्ता सेयर किनबेच हुदाँ ५८ करोड ९१ लाख ७७ रुपैयाँको कारोबार भएको छ । आज कारोबार भएका ८८ कम्पनीको शेयरमूल्य बढेको छ । ११३ कम्पनीको सेयरमूल्य घटेको छ भने १५ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । यस दिन हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज एनसीसी डिबेञ्चरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।
प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार १५:२१












