१६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026

पूर्वमन्त्री बास्तोलाको अाज अन्त्येष्टि, श्रद्धाञ्जलीका लागि शव दिउँसो कांग्रेस मुख्यालयमा राखिने

२८ असोज, काठमाडाैँ । शनिबार निधन भएका कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको आज अाइतबार अपराह्न अन्त्येष्टि गरिने भएको छ ।शनिबार राति निधन भएका बास्तोलाको आइतबार अपराह्न ४ बजेपछि अन्त्येष्टि गरिने नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन ।

बास्तोलाको पार्थिव शरीर अपरान्ह १ः३०–४ः०० बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिने छ र त्यसपछि पशुपति आर्यघाटमा अन्त्यष्टि गर्ने तयारी भएको छ । १४ पुस ०६९ मा विराटनगरको बन्धु भेलामा सहभागी हुने क्रममा ब्रेन अट्याक भएका बास्तोला त्यसयता अचेत थिए । २०४८ सालमा भारतका लागि नेपाली राजदूत रहेका बास्तोला ०५८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारका परराष्ट्रमन्त्री थिए ।

प्रकाशित मिति : 09:35