२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

संसदमा राप्रपाको नाराबाजी, १५ मिनेटका लागि बैठक स्थगित

२७ वैशाख, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ । सभामुख देवराज घिमिरेसँग आकस्मिक समयमा बोल्न समय माग गर्दै बैठक अवरोध गरेका हुन् । बैठकको सुरुवातमै राप्रपा सांसदहरुले आफ्नो आसनबाट उठेर सभामुखसँग बोल्न समय मागेका थिए । सभामुख घिमिरेले शून्य समय र बजेटको तयारीबारे मात्र बोल्ने कार्यसूची तय गरेको र बैठक सञ्चालन गर्न दिन आग्रह गरेपनि राप्रपाका सांसदहरुले मानेनन् ।

उनीहरुले देशमा भइरहेको भष्टाचारका बिषयमा बोल्न पाउनुपर्यो भनेर सभामुखसँग माग राखेका छन् । सभामुखले आफ्नो भनाई शुन्य समयमा राख्न आग्रह गर्दै शून्य समयमा बोल्न बिमला सुवेदीलाई बोल्न समय दिएपछि राप्रपा सांसदले संसदको रोष्टम घेराउ गरेका थिए । त्यसपछि सभामुख घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार ११:४०