१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

डेटा सुरक्षित राख्न नसक्ने लोकसेवा आयोगलाई कारवाही गर्नुपर्छः सांसद डाँगी

२६ वैशाख, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले लोकसेवा आयोगको डेटा रिकभर नहुने भए जिम्मेवार निकायलाई कारवाही गर्नुपर्ने माग गरेकी छिन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद् डाँगीले विश्वमा प्रविधिले फड्को मारिरहँदासरकारले चार लाख आवेदकको डेटा सुरक्षित राख्न नसकेको गुनासो गरिन । उनलेडेटा रिकभार नभए सम्बन्धित निकायलाई कारवाही गर्न माग समेत गरिन् ।

उनले भनिन्, ‘डेटा पुनः प्राप्तिको प्रयास गरेको दुई महिनाभन्दा बढी भइसक्दा पनि डेटा रिकभर नभएपछि लाजमर्दो तरिकाले आयोगले पुनः दरखास्त आह्वान गरेको छ।

विश्वमा प्रविधिले यस्तो फड्को मारिरहँदा हाम्रो सरकारले चार लाख आवेदकको डेटा सुरक्षित राख्न सकिरहेको छैन। डेटा रिकभर हुँदैन भने जिम्मेवार निकायमा बसेकालाई कारवाही गरियोस्।’

प्रकाशित मिति : May 9, 2023 at 2:48 pm