२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

सामाजिक सुरक्षा भत्ता कटौती हुँदैनः अर्थमन्त्री महत

२६ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले हाल वितरण भइरहेको सामाजिक सुरक्षा भत्ता कटौती नहुने बताएका छन् ।मंगलबार राष्ट्रियसभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि उठेका प्रश्नहरुको जवाफ दिँदै उनले बोलिसकेका कुराबाट पछि नहट्ने भन्दै सुरक्षा भत्ता कटौती नगर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

उनले भने ‘सामाजिक सुरक्षाका विषयमा कतिपय आशंका उठेका छन्, तर हामीले प्रतिवद्धता गरेका सामाजिक सुरक्षाका विषयमा हामी प्रतिवद्ध छौं त्यसलाई फूलफिल गछौं । त्यसलाई कटौती गर्ने कुनै योजना छैन् । हामीले बोलिसकेका कुराबाट पछि हट्दैनौं ।’

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलवार १४:०२