२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

रायमाझी फरार हुनु नै नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नताको पुष्टिः सांसद यादव

२६ वैशाख, काठमााडौं । जनता समाजवादी पार्टी जसपाका सांसद प्रदीप यादवले टोपबहादुर रायमाझी फरार हुनु नै नक्कली भुटानी शरणार्थी प्रकरणमा उनको संलग्नताको प्रमाण भएको दाबी गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले रायमाझी प्रहरीको सम्पर्कमा रहेको कुरा आएको भन्दै उनलाई नियन्त्रणमा लिएर छिटो कार्वाहीको दायरामा नल्याए प्रहरीको काममाथि नै पनि प्रश्न उठ्ने टिप्पणी गरे ।

उनले भने‘ नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई करोडौं रकम असुल्ने मुद्धामा फरार रहेका टोप बहादुर रायमाझी हालसम्म पक्राउ पर्नुभएको छैन् । यदिउनी दोषी छैन भने प्रहरीबाट किन लुकेर बसेको छन् । लुक्नु भनेको उनको यस प्रकरणमा कुनै न कुनै संलग्न छ भन्ने पुष्टि हुन्छ, त्यसैले नेपालप्रहरीले उनलाई नियन्त्रणमा लिएर छिटो भन्दा छिटो कार्वाहीको दायरामा ल्याउनुपर्छ नत्रप्रहरीको काममाथि नै पनिप्रश्न उठ्छ’ सांसद यादवले यस प्रकरणमा संलग्न सबैलाई कारवाही गर्न माग पनि गरे ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलवार १२:४१